मस्र्याङ्गदी र त्रिसुलीमा डुबेर दुई व्यक्ति बेपत्ता

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २८ गते ।
गोरखामा आइतबार दुई व्यक्ति नदीमा डुबेर बेपत्ता भएका छन् । मस्र्याङ्गी नुहाउन गएका बाग्लुङ बरेङडाडा गाउँपालिका १ घर भई हाल आँबुखैरेनी गाउँपालिका ६ बस्ने बस्ने वर्ष १९ का कृष्ण बहादुर पुन र त्रिसुलीमा माछा मार्न गएका गण्डकी गाउँपालिका १ मकैसिङ निबासी वर्ष १४ का बिकास चेपाङ नदीमा डुबेर बेपत्ता भएका हुन् ।
आबुखैरेनी गा.पा.६ बस्ने पुजन गुरुङ, उनकी श्रीमती सीता गुरुङ र मदन गुरुङ आइतबार दिउँसो गोरखा शहिदलखन गाउँपालिका वडा नं ३ भुवनटार स्थित मस्र्याङ्गदी नदीमा नजिकैको धारमा नुहाउन गएका थिए । तर कृष्णबहादुर भने धारमा नुहाउन अटेर गरी नजिकैको मस्र्याङ्गी नदीमा पौडी खेल्न गएका थिए । सोही क्रममा उनी डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले बताएको छ ।
उता बिकास भने बुबा बुद्ध प्रजासँग माछा मार्न गण्डकी गाउँपालिका २ गोठेपानी स्थित त्रिशुली नदीमा गएका थिए । उनीपनि सोही क्रममा पौडी खेल्द डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटना लगतै प्रहरी र स्थानीयले उनीहरुको खोजि गरिएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *