नेपालमा फेरी दश कोरोना संक्रमित थपिए, कुल संक्रमितको संख्या १२० पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख २९ गते ।

नेपालमा फेरी १० कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार बिहान एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त कुराको पुष्टि गरेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा कपिलवस्तु यशोधारा गाउँपालिका ५ र बुद्धभूमि नगरपालिका ७, १० निवासी १८,१९, २०,२०, २४, ३०,३१,३४,३४ वर्षीया पुरूष र एक जना उमेर नखुलेका पुरूष रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेकोले बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित संख्या १२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *