गोरखामा लकडाउन उलंघन गर्ने २५ सवारी साधन प्रहरीको फन्दामा

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख, २९ गते ।
लकडाउनको उलघंन गरेको भन्दै प्रहरीले गोरखाबाट २५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
सोमबार एक दिन भन्दै जिल्लाको बिभिन्न ठाउँबाट २५ वटा सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बासुदेव खतिवडाले जानकारी दिए ।
कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले लगाएको लकडाउनको वेवास्ता गरि अनावश्यक काममा हिडेका सर्वसाधरणलाई नियन्त्रणमा लिइएकोे प्रहरीले दाबी गरेको छ । तर कतिपय सर्वसाधरणले भने सवारी आवातजावतमा विभेद भएको बताएका छन् । प्रहरीले पहुँचवालाहरुलाई चेकजाँच नगर्ने तर साधरण सर्वसाधरणलाई जरुरी काममा हिडेका बेलामा पनि अनावश्यक दुखः दिएको उनीहरुको आरोप छ ।
योसंगै लकडाउन सुरु भएदेखि हालसम्म पाँचसय ४२ वटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *