बारपाक सुलिकोट गाउँपालिकाले ग¥यो मानव सेवा आश्रमलाई सहयोग

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख, ३० गते ।

बारपाक सुलिकोट गाउँपालिकाले मानव सेवा आश्रम गोरखालाई खाद्यन्न सहयोग गरेको छ ।
सहयोगापेक्षी मावनहरुलाई आश्रम दिइरहेको उक्त आश्रमलाई साडे २ क्विन्टल आलु सहयोग गरिएको बारपाक सुलिकोट गाउँपालिकाले जनाएको छ । ‘आश्रममा तरकारीको अभाव रहेछ, आलु उपलब्ध गराइदिन अनुरोध गर्नु भयो,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘उहाँको आग्रह अनुसार हामीले साडे २ क्विटल आलु ल्याइदिएका छौं ।’ आश्रमसँगको समन्वयमा भावी दिनमा पनि थप सहयोग उपलब्ध गराउने आश्वसन उक्त गाउँपालिकाले दिएको आश्रमकी गोरखा संयोजक मुना लामाले बताइन् । ‘गोरखा नगरपालिकाले चामल दिनु भयो, सिरानचोकले दाल र चना दिनुभएको छ । बारपाक सुलिकोटले आलु ल्याएदिनु भयो, पालुङटारले पैसा नै उपलब्ध गराइदिनु भयो,’ उनले भनिन् ‘यसरी नै सबैसँग हातेमालो गरेर आश्रम सञ्चालन गरिहेका छौं, भविष्यमा पनि सबैसँग यस्तै सहयोग अपेक्षा आश्रमले गरिरहेको छ ।’
गोरखाको पाटेचौरमा रहेको उक्त आश्रम स्थानीय तह, विभिन्न संघसस्था, व्यक्तिले दिएको सहयोगबाट संचालन भइरहेको छ । उक्त आश्रममा अहिले ३६ जना बालबालिका सहित ४५ जनाले आश्रय लिइरहेका छन् । आश्रमले बेसाहारा सडक मानिसहरुलाई उद्धार गरी पालनपोषण गर्ने गर्छ । बालबालिकाहरुलाई पनि सहयोग संकलन गरी पढ्ने व्यवस्था मिलाइएको छ ।
मानव सेवा आश्रमले गोरखा नगरपालिकालाई नेपालकै पहिलो सडक मानवमुक्त नगर घोषणा गरिसकेको छ । गोरखा जिल्ला नै सडक मानव मुक्त बनाउन आश्रमले लक्ष्य लिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *