फेरी २ जनामा कोरोना, संक्रमितको संख्या २१९ पुग्यो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ३१ गते ।
नेपालमा फेरी २ कोरोना संक्रमित भेटिएका छन् । बुधबार नेपालगञ्ज र कपिलवस्तुमा गरी थप दुई जनामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँके जिल्ला, नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा स्वाब परीक्षण क्रममा संक्रमण पुष्टि भएको हो । त्यस्तै, कपिलवस्तुका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं ५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण भेटिएकोे मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *