गोरखाको प्रमुख प्रवेशद्धार मझुवा देउरालीमा सेना परिचालन, पालुङ्टार र आरुघाटमा नेपाल प्रहरीसँगै शसस्त्र पनि खटाइयो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, बैशाख ३१ गते ।
देशका विभिन्न ठाउँमा कोरोना संक्रमणदर बढेपछि गोरखामा विशेष सर्तकता अपनाइएको छ ।
अत्यावश्यक बाहेकका सबै सेवा ठप्प गर्ने निर्णय गरेको केही घण्टा नबित्दै जिल्लाका प्रमुख प्रवेशद्धारमा कडाई गर्ने निर्णय भएको छ । जेठ १ गतेबाट विद्यमान लकडाउनको अबधी भर जिल्ला भित्रिने प्रमुख प्रवेशद्धार मझुवा देउरालीमा नेपाली सेना परिचान हुने भएको छ । यस अघि त्यहाँ नेपाली प्रहरीले सुरक्षा चेकजाँच गर्दै आएको थियो । अब भने दुई वटै सुरक्षा निकायले कडाई गर्ने बताइएको छ । ‘गृह मन्त्रालयको निर्देशन, सर्वपक्षिय बैठकको सुझाव र कोडिभ १९ संकट व्यवस्था केन्द्रको निर्देशन अनुसार जिल्ला सुरक्षा समिति मुख्य नाकाहरुमा विभिन्न सुरक्षा निकाय खटाउने निर्णय गरेको छ,’ जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्क रोकाले भने, ‘भोलिबाट जिल्ला भित्रिने र बाहिरिने दुबैमा कुरामा थप कडाई हुन्छ ।’
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले मझुवा देउराली नेपाली सेना र नेपाल प्रहरी, पालुङ्टार स्थित तुरतुरे पुलमा शसत्र प्रहरी र नेपाली प्रहरी, च्याङ्लीको नयाँपुलमा नेपाल प्रहरी, घ्यालचोकमा नेपाल प्रहरी र आरुघाट पुलमा नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खटाउने निर्णय गरेको उनले बताए ।
जेठ १ गतेबाट लागु हुने गरी जिल्लामा सम्पूर्ण आयात निर्यात समेत रोक लगाइएको छ । औषधी, खाद्यन्न, तरकारी तथा माछामासु, कृषि सामाग्री लगायतका केही पसलमात्र खोल्ने अनुमती प्रदान गरिएको छ । अत्यावश्यक काम बाहेक आवागमनमा पनि रोक लगाइएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *