ठेकेदारले काम नगरेपछि बारपाक सुलिकोटको ‘बाहकोट–हुडिखोला सडक’ अलपत्र (फोटो फिचर)

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा जेठ १ गते ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा सडक कालोपत्रेको काम अलपत्र भएको छ । ठेकेदारको लापरवाहीका कारण ८ किलोमिटर लामो ‘बाहकोट–हुडिखोला सडक’ निर्माणको काम अलपत्र भएको हो ।


‘आधा पनि पिच भएको छैन, पिच गर्न तयार बनाएका सबै संरचना पानीले बगाइसेको छ,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘ठेकेदारको अत्तोपत्तो छैन ।’

२०७४ सालमा तमाङ कुमार जेभि कन्ट्रक्सनले काम सुरु गरिएको उक्त सडक अहिलेसम्म बल्ल ४ किलोमिटर मात्र कालोपत्रे भएको छ । बाँकी ४ किलोमिटर कालोपत्रको तयारी अबस्थामा छ ।
भूकम्प सहायता आयोजना मार्फत २० करोड लागतमा निर्माण भइरहेको उक्त सडक समयमै नसकिएपछि एक पटक म्याद थप भइसकेको छ ।

‘वीचको ओरोला बाटोमा ग्राभेल मात्र हो । त्यहाँ पिच गर्ने कार्यक्रम छैन । सात वटा पुल मध्ये एउटा मात्र बनेको छ,’ राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (जिमाली) का प्रमुख रामशरण आर्चायले भने ‘एक पटक म्याद थपिदिदा पनि कन्ट्राक्टरले काम सकेको छैन । कारवाही गर्ने की एक पटकलाई मौका दिने केन्द्रिय आयोजना कार्यान्वयन इकाइमा छलफल भइरहेको छ ।’


बारपाक सुलिकोट गाउँपालिकाको रणनैतिक महत्वको उक्त सडक अलपत्र भएपछि स्थानीय निराश भएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *