खोजखबर
गोरखा, जेठ २ गते ।
सरकारले लिपुलेक र कालापानीलाई नेपालको नक्सा प्रकाशन गर्ने दाबी गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपत्ती विद्यादेवीले भण्डारी त्यसका तत्काल काम सुरु गर्ने बताएकी छिन् ।
शुक्रबार प्रस्तुत भएको नीति तथा कार्यक्रममा सरकारले नेपालका छुटेका भूमिहरू समावेश गरी नयाँ नक्सा जारी गर्ने उल्लेख गरिएको छ । त्यसका लागि लिपुलेक र कालापानी क्षेत्र नेपालको भएको र त्यसलाई प्राप्त गर्न ठोस कुटनीतिक पहल गर्ने समेत बताइएको छ ।
ऐतिहासिक सन्धि, नक्सा, तथ्य तथा प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट भारतसँगको सीमासम्बन्धी विषयको समाधान गर्ने दावी गरिएको छ ।
तस्बिर ः गुगल