खोजखबर
गोरखा, जेठ २ गते ।
नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितमध्ये पर्साका ४, दाङका ३ र उदयपुरका एकजना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।