मृग मारेको आरोपमा गोरखामा सात जना पक्राउ

Share on Your Social Media
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

खोजखबर
गोरखा, जेठ २ गते ।

मृग मारेको आरोपमा सात जना पक्राउ परेका छन् । मासु खानका लागि रतुवा प्रजातीको मृग मारेको भन्दै डिभिजन वन कार्यालय गोरखाले गण्डकी गाउँपालिका–८ सिउरेनीटारका खुमबहादुर माझी, मधु भुजेल, दुर्गाबहादुर भुजेल, शिव रेग्मी, पूर्णबहादुर माझी, डिबी सापकोटा र रोल्पा घर भई हाल सिउरेनीटार बस्ने इन्द्रजित ओलीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई वन ऐन २०७६ को दफा ४९ (त) अनुसारको वन्यजन्तु अवैध शिकार गरेको कसुरमा मुद्धा दर्ता गर्ने कार्यालयको तयारी छ ।
गत आइतबार मृगको मासु काटिरहेको अबस्थामा प्रहरीले खुमबहादुरलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा अन्य व्यक्तिको पनि संग्लन रहेको देखिपछि उनीहरुलाई पनि नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । घटनास्थलबाट बरामद गरिएको मृगको मासु स्थानीय जनप्रतिनिधिको रोहवरमा कार्यालय परिसरभित्र गाडिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *