धुलिखेल अस्पतालमा शंकास्पद कोरोना संक्रमितको मृत्यु, थप पुष्टिका लागि स्वाब परीक्षण कार्य हुँदै

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ ३ गते ।
काभे्रको धुलिखेल अस्पतालमा कोरोना भारइस संक्रमित महिलाको मृत्यु भएको विभिन्न संचारमाध्यमहरुले जनाएका छन् ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकी एक सुत्केरी महिलाको मृत्यु भएपछि त्यहाँ उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुममार तिमिल्सिनाले जानकारी दिए । मृत्तक महिलाको स्वाब परीक्षणका लागि केन्द्रिय प्रयोगशाला टेकु पठाइएको छ । परीक्षणको रिर्पोट सार्वजानिक भएपछि मात्र उनको मृत्यु कोराना भाइरसका कारण भए नभएको यकिन हुने बताइएको छ ।
त्रिवि शिक्षण अस्पताल काठमाडौंमा केही दिन अघि सुत्केरी गराएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलामा कोरानाको मिल्दोजिल्दो लक्षण देखिएपछि धुलिखेल अस्पताल भर्ना गरिएको थियो । उनलाई स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पतालको इर्मजेन्सीमा राखेर उपचार गरिएको थियो ।
उनको उपचारकै क्रममा मृत्यु भएको बताइएपनि थप कुरा खुलाइएको छैन । सरकारले यसको औपचारिक पुष्टि भने गरेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *