नेपालमा कोरोना भाइरसका कारण पहिलो मृत्यु, धुलिखेल अस्पतालमा निधन भएकी महिलाके मृत्यु कोरानाबाटै भएको पुष्टि

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ ३ गते ।
कोरोना भाइरस (कोभिड १९) बाट नेपालमा एक महिलाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजानिक सूचना जारी गर्दै उनको मृत्यु कोरोनाबाट भएको पुष्टि गरेको हो ।
सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया सुत्केरी महिलामा स्वासप्रवास सम्बन्धी समस्या भएपछि धुलिखेल अस्पताल भर्ना भएकी थिइन । ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा सुत्केरी गराएर घर फर्केकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि बिहीबार धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।
धुलिखेल अस्पताल आइपुग्नु अगाडि नै उनको मृत्यु भएको पाइएको चिकित्सकहरुले मृत्यु घोषणा गरेका हुन । कोरोनासाग मिल्दोजुल्दो लक्षण भएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि शनिवार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । त्यसको रिर्पोट पनि पोजेटिभ आएपछि उनको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको हो । शनिबार नै स्वास्थ्य मन्त्रालयले उनको मृत्युको कारणबारे अध्ययन गर्न धुलिखेलमा टोली पठाएको थियो ।
टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *