खोजखबर
गोरखा, जेठ ४ गते ।
नेपालमा फेरी १० जना कोरोना संक्रमित थपिएका छन् । संक्रमित सबै रौतहटको राजपुत र इशनाथ नगरपालिकाका स्थानीय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी छ ।
राजपुत नगरपालिकाका फराहदवा ९ निवासी १८,३२,३६,३९,३९,४२, ४८ पुरुषहरु तथा रौतहट इशनाथ नपा ३ र ५ वडा निवासी २८, ३०, ३३ वर्षीय पुरुषहरु रहेको जनाइएको छ ।
यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ । पछिल्लो संक्रमण पुष्टि सबैको स्वास्थ्य अबस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।