भारतबाट आएर क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, जेठ ४ गते ।
क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । छिमेकी मुलुक भारतबाट आएर बाँकेको नरैनापुर गाउँपालिका स्थित दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका २४ वर्षीय युवकको मृत्यु भएको विभिन्न हो ।
वैशाख ३० गते भारतबाट आएपछि उनी क्वारेन्टाइनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिपछि अस्पताल लैजाने प्रयास गरिएको थियो । तर नरैनापुर–५ नयाँ बस्तीका ती युवक उनलाई अस्पताल लैजान स्थानीयले एम्बुलेन्सलाई खबर गरे पनि पीपीई नभएका कारण चालकले नेपालगञ्ज लैजान नमानेको स्थानीयले जानकारी दिएका छन् । उनको आइतबार बिहान मृत्यु भएको हो ।क्वारेन्टाइनमा उपचार नपाई युवकको मृत्यु भएको भन्दै स्थानीय वासिन्दाले विरोध जनाएका छन् ।
मृत्युको कारण बताउन सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए । युवकको मृत्युको जानकारीपछि स्वास्थ्यकर्मीको टोली क्वारेन्टाइनमा पठाइसकिएको प्रजिअ खड्काले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *