खोजखबर
गोरखा, जेठ ४ गते ।
गोरखाको पालुङटारमा मेरको अवस्थामा चितुवा फेला परेको छ ।
पालुङटार ९ घेडरी खोला भन्ने स्थानमा वयस्क अबस्थाको पोथी चितुवा मृत फेला परेको डिभिजन बन कार्यालय गोरखाका प्रमुख तोयानाथ पौडेलले जानकारी दिए । ‘शरिरको बाहिरी भागमा कुनै चोटपटक छैन्, आफै मरेको हो या कसैले मारेको हो भन्ने यकिन गर्न हामीले पोष्टमार्टनको तयारी गरिरहेका छौं,’ उनले भने, ‘अनुसन्धान पछि मात्र मृत्युको कारण खुल्छ ।’ कार्यालयले अनुसन्धान सुरु गरिसकेको उनले बताए
केही दिन अघि पालुङ्टार गोठालोलाई आक्रमण गरेपछि प्रतिकार गर्दा चितुवा मारिएको थियो ।