गोरखनाथ गुरुकुललाई सिरानचोक गाउँपालिकाको सहयोग

Share on Your Social Media
  • 352
  •  
  •  
  •  
  •  
  •  
    352
    Shares

खोजखबर
गोरखा, जेठ २० गते ।

सिरानचोक गाउँपालिकाले गोरक्ष नाथ बैदिक गुरुकुल आश्रमलाई सहयोग गरेको छ ।
गोरखा सदरमुकाम रहेको उक्त आश्रमका लागि आवश्यक दाल, चामल, तरकारी, तेल, चिउरा लगायतका २२ हजार बराबरको खाद्यन्न सहयोग गरिएको सिरानचोक गाउँपालिकाले जनाएको छ ।
सिरानचोकबाट आएको एक टोलीले आश्रमका अध्यक्ष पुरुषोतम अर्याललाई सहयोग हस्तान्तरण गरेको सिरानचोक गाउँपाकिलाका सूर्यनारायण श्रेष्ठले जानकारी दिए । पूर्विय दर्शन र हिन्दु धर्मका अधेता जन्माउने उदेश्यले स्थापना गरिएको उक्त आश्रममा अहिले २५ जना बटुकहरुले आबासिय रुपमा पढ्दै आएका छन् । शुभेक्षुकहरुको सहयोगमा स्थापना भएको अश्रय कोष , मर्हषी फाउण्डेसनको दक्षिणा सहयोग र सुभचिन्तकहरुको मुठ्ठि दान एव सहयोगले आश्रम चल्ने गरेको छ । प्रेम नारायण देवकुमारी स्मृति प्रतिष्ठानको भवनमा रहेको गुरुकुलले गोरखा नगरपालिका ८ रानीबनमा आफ्नै भवन समेत निर्माण गरिरहेको छ ।
सोही अबसरमा सिरानचोक ६ निवासी अनिल श्रेष्ठले व्यक्तिगत रुपमा २ हजार नगद सहयोग उपलब्ध गराएका थिए । सहयोगको भरमा सञ्चालन भएको गुरुकुलमा जोगाउन अध्यक्ष अर्यालले सबै धर्मानुरागीहरुलाई आग्रह समेत गरेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *