गोरखामा लकडाउन खुकुलो ः वाणिज्य बैंक अब सधै खुल्ने, अत्यावश्यक सामाग्री ढुवानी २४ सै घण्टा

Share on Your Social Media
  • 2.1K
  •  
  •  
  •  
  •  
  •  
    2.1K
    Shares

खोजखबर
गोरखा, जेठ २० गते
गोरखामा अब लकडाउन खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा मंगलबार बसेको सरोकारवालाहरुको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘गृहको निर्देशन र सबै पक्षको सुझावलाई मध्यनजर गरेर केही खुकुलो बनाउने नीति लिएका छौं,’ उनले भने, ‘यसको अर्थ सबै खुल्यो भन्ने होइन, आवतजावतको विषयमा साबिककै निर्णय कायम छ । बैंक तथा वित्तिय संस्था र अत्यावश्यक सामाग्री ढुवानीलाई थप सहज मात्र बनाइएको हो ।’

राष्ट्रिय वाणिज्य बैंक अब हरेक दिन खुल्ने छ । अन्य बैंक वित्तिय संस्था र बिमा कम्पनीहरु भने आइतबार, मंगलबार र बिहीबार बिहान १० बजे देखि ४ बजेसम्म सञ्चालन गर्न दिने निर्णय भएको छ । सम्बन्धित स्थानीय तह र सुरक्षा निकायसँग समन्वय गरी आवश्यक सामाजिक दुरी समेत कामय गरेर सेवा दिन बैंक तथा वित्तिय संस्थालाई आग्रह गरिएको छ । छिमेकी मुलक भारत र देशका विभिन्न ठाउँबाट आएर विभिन्न स्थानीय तहको क्वारेन्टिनमा ७ दिन भन्दा बढि बसेकाहरुको पिसिआर परीक्षणलाई तिब्रता दिने निर्णय भएको छ । ‘हामीसँग सामाग्री नभएर चेक नगरिएको भन्ने होइन, सबैलाई भने नपुग्न सक्छ,’ उनले भने , ‘हामीसँग चेकजाँच गर्नका लागि प्रयाप्त भिटिएम छ । पछि आवश्यक पर्ला भनेर उपलब्ध गराउन माथिल्लो निकायलाई आग्रह गरिसकेका छौं, ।’

स्वास्थ्य सामाग्री, खाद्यन्न, तरकारी , फलफल र कृषि तथा पशुजन्य लगायत अत्यावश्यक सामाग्री ढुवानी लागि यस अघि निर्धारण गरिएको समयसिमा पनि खारेज गरिएको प्रशासनले जनाएको छ । यस अघि गरिएको निणय अनुसार नै आवश्यक कागजात सहित त्यस्ता समाग्री ढुवानी गर्न पाइनेछ । सर्वसाधरणको आवतजावतको सन्र्दभमा भने यस अघिकै निर्णय यथावत रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *