खोजखबर
गोरखा जेठ २२ गते ।
नेपालमा एकै दिन ३३४ जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४,स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा संक्रमित संख्या २ हजार ६ सय ३४ पुगेको छ । तीमध्ये २९० जना उपचारपछि डिस्चार्ज भएका छन् भने १० जनाको मृत्यु भएको छ। गत २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टिसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको हो। ती पुरूष केही दिनअघि भारतबाट आएका थिए।
पछिल्लो समय भारतबाट आएका मानिसहरूमा परीक्षण बढाउँदा संक्रमितको संख्या बढ्दै गइरहेको छ।
उनका अनुसार अहिले देशभरि १ लाख ६१ हजार २ सय ६२ मानिस क्वारेन्टिनमा छन् । बिहीबारसम्म ८४ हजारभन्दा बढीको पिसिआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।