खोजखबर
गोरखा जेठ २२ गते ।
सरकारले लकडाउनको नयाँ मोडालिटी निर्माण गर्र्ने तयारी गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले केहि दिनभित्र कार्ययोजना बनाएर ल्याउन कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए ।
लामो समय यता गरिएको लकडाउनका कारण सर्वसाधरण समस्यामा परेपछि यसको मोडालिटी फेर्नु पर्ने चर्चा सुरु भएको छ । काठमाण्डौ लगायत कतिपय स्थानका व्यापारीहरुले लकडाउनको उंलघन गर्दै व्यापार व्यवसाय सुरु गरेपछि सरकारले मोडालिटी परिर्वतन गर्न लागेको हो ।
समितिले ल्याएको कार्ययोजनापछि मन्त्रिपरिषदको फेरि बस्ने बैठकले लकडाउनको मोडालिटी तय हुने बताइएको छ ।
यसअघि उच्चस्तरीय समन्वय समितिले स्वास्थ्य विज्ञहरुसँग जनजीवन सहज बनाउनेगरी लकडाउन खोल्ने सम्वन्धमा छलफल गरेको थियो । विज्ञहरुले आवश्यक मापदण्ड तथा सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका छन्।
सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन तोकिएको छ ।