सिरानचोकमा १२ जनाको पिसिआर परीक्षण

Share on Your Social Media
  • 117
  •  
  •  
  •  
  •  
  •  
    117
    Shares

खोजखबर
गोरखा, जेठ २३ गते ।
गोरखाको सिरानचोक गाउँपालिकाले क्वारेन्टिनमा रहेकाहरुमा कोरोना परीक्षण गरेको छ ।
भारतबाट आएका ११ र बिरजंगबाट आएका १ गरी १२ जनाको पिसिआर गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताए । केही दिन भित्र उनीहरुको रिर्पोट आउने बताइएको छ । सिरानचोक गाउँपालिकाले परीक्षणका लागि आवश्यक भिटिएमको खरिद गरी परीक्षणलाई तिब्र बनाउने तयारी समेत गरेको छ । गोरखामा छिमेकी मुलुक भारत र देशका विभिन्न ठाउँबाट आएका करिब २ जनाको पिसिआर परीक्षणको काम भइरहेको छ । जिल्लामा अहिले एक सय मात्र भिटिएम रहेकाले परीक्षणमा भने समस्या भएको छ ।
थप भिटिएम उपलब्ध गराउन प्रदेश र केन्द्र सरकारसँग समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *