खोजखबर
गोरखा, जेठ २३ गते ।
नेपालमा थप २७८ जनालाई कोरोना पुष्टि भएको छ ।
सुनसरी ८, झापा १, मोरङ ६, अर्खाखाँची १, नवलपरासी २ पाल्पा १, रुपन्देही १८, सिन्धुली ३, बारा २, तनुहँ २, भोजपुर ५, झापा १, सुनसरी १३, कैलाली ४, अछाम १, बझाङ १, डडलेधुरा ५, रामेछाप १७, काभ्रे ५, झापा १०, दैलख ९०, जुम्ला ३, जुम्लामा कार्यरत हुम्ला, दोलखा, रामेछाप र गोरखा स्थायी ठेगाना भएका एकएकजनालाई सङ्क्रमण देखिएको छ । सुर्खेत १, दाङ १, बारा १, धनुषा ४, कपिलबस्तु ४४, महोत्तरी १७ र रौतहटका ६ जनालाई सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ६८ जिल्लामा सङ्क्रमण भएको छ ।
योसँगै कुल संक्रमितको संख्या दुईहजार ९१२ सङ्ख्या पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । शुक्रबार ४३ जना थप डिस्चार्ज हुनुभएको छ । डिस्चार्ज हुनेको संख्या ३३३ जना पुगेको छ ।