पहिलो पटक गोरखाका एक व्यक्तिमा कोरोना संक्रमण

Share on Your Social Media
  • 303
  •  
  •  
  •  
  •  
  •  
    303
    Shares

खोजखबर
गोरखा, जेठ २३ गते ।
पहिलो पटक गोरखाका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गोरखा स्थाई घर भई हाल जुम्लामा कार्यरत एक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरुघाट क्षेत्रका स्थानीय भएको स्रोतले बताएको छ । यस अघि गोरखाका कुनै पनि व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थिएन । कामको सिलसिलामा जुम्ला रहेका ती युवकलाई संक्रमण देखिएपछि गोरखामा भने अहिलेसम्म संक्रमित भेटिएको छैन ।
केही दिन अघि छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरुको पिसिआर परीक्षण भइरहेको छ । उनीहरुमा कोरोनाको संक्रमण हुनसक्ने धेरैको आशंका छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *