कोरानाबाट थप २ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १३ पुग्यो

Share on Your Social Media
  • 53
  •  
  •  
  •  
  •  
  •  
    53
    Shares


खोजखबर
गोरखा, जेठ २४ गते

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा डाइलासिस गराउन पुगेकी ५५ वर्षीया महिलाको मृत्यु भएको थियो । स्बाब परीक्षणको रिर्पोट पोजेटिभ आएपछि उनको मृत्यु कोरोनाबाट भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् । डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो । उनि जेठ १८ गते नेपालगञ्ज–सुर्खेत–जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।
उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *