गोरखामा एकैचोटी दश जनालाई कोरोना पुष्टि, प्रहरी हिरासतमा रहेका युवकमा पनि कोरोना संक्रमण

Share on Your Social Media
  • 127
  •  
  •  
  •  
  •  
  •  
    127
    Shares

खोजखबर
गोरखा, जेठ २५ गते ।

गोरखामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गोरखामा १० जनालाई कोरोना भाइरसको संक्रमण भएको हो । गण्डकी गाउँपालिकामा २०, २५, ३२, ३४, ३०, २०, २१, २१ र २९ वर्षका गरी ९ जना पुरुष र पालुङ्टार नगरपालिकाका १७ वर्षीय एक पुरुष छन् ।

गण्डकी भीमोदय आधारभूत विद्यालय खसटारको क्वारेण्टाइनमा रहेका चारजना, रत्नेश्वर मावि दर्बुङको क्वारेण्टाइनमा रहेका चार जना, ज्ञानमार्ग माविको क्वारेण्टाइनमा एकजना र हाल थुनामा रहेका पालुङटार ७ का एकजनामा पोजेटिभ देखिएको हो ।
हाल प्रहरी हिरासतमा रहेका पालुङ्टारका युवकमा पनि संक्रमण देखिएपछि कैदिबन्दी र प्रहरी समेत सशंकित भएका छन् । उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिने भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *