खोजखबर
गोरखा, जेठ २५ गते ।
कोरोना भाइरसबाट प्रभावित ग्राहकहरुको सुबिधालाई लक्षित गरी नबिल बैंकल ‘नबिल जेन–एन एकाउन्ट’संचालनमा ल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आफ्नो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै, स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले, विधुतिय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नबिल जेन–एन एकाउन्ट’ संचालनमा ल्याएको छ ।
‘नबिल जेन–एन एकाउन्ट’ ग्राहकलाई सहज तथा सरल बैंकिङ्गको अनुभुती गराउने उदेश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको नबिल बैंक लिमिटेड गोरखा शाखाले जानकारी दिएको छ । अब ग्राहकले घरमै बसेर खाता खोल्न सक्नेछन् ।
यसमा बैंकले थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोवाइल बैंकिङ्ग, भाइबर बैंकिङ्ग, अनलाइन ट्रान्जेक्सन र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसीरएनसेल २ जीबी डबटब प्याकेज निःशुल्क जारी गरेको छ । साथै बैकले ग्राहकको सुरक्षाका लागि भन्दै १३ प्रकारका प्राण घातक रोग र दुर्घटना बिमा पनि सञ्चालन गरिरहेको छ । अहिले गरिएको बचत तथा बिमाले कोरोना भाइरसको संक्रमण लगायत अन्य आर्थिक समस्या समाधान गर्न सहज हुने बैकले विश्वास लिएको छ ।
‘नबिल जेन–एन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्नेछन । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त छ ।