गोरखामा आइसोलेशन वार्डको संख्या १६५ पु¥याइने, अब मदिरा र होटल बाहेकका सबै व्यवसाय खुल्ने (निर्णयको पुर्ण पाठ सहित )

Share on Your Social Media
  • 293
  •  
  •  
  •  
  •  
  •  
    293
    Shares

खोजखबर
गोरखा, जेठ २६ गते ।
गोरखा सदरमुकाममा एक सय बेडको क्वारेन्टिन सहितको आइसोलेसन वार्ड निर्माण हुने भएको छ ।
जिल्लामा क्रियाशिल राजनितिक राजनितिक दल, ११ वटै स्थानीय तहका प्रमुख एवं प्रतिनिधि र सरोकारवालाहरुकोे बैठकले प्रदेश सरकार र स्थानीय सरकारको लागत सहभागितामा थप सय शैयाको आइसोलेशन निर्माण गर्ने निर्णय गरेकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । ‘आजको बैठक आइसोलेसन वार्डको बारेमा निर्णय गर्न बोलाइएको हो । अहिले भइरहेका क्वारेरिन्टनलाई व्यवस्थित गर्ने र थप १०० वटा बेड थप गर्ने निर्णय भएको छ,’ उनले भने ,‘ठाउँको छनोटको जिम्मा सिसिएमसीलाई दिइएको छ । हामी बैठक बसेर निर्णय गर्छौ ।’
जिल्लाका विभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनहरुलाई पनि व्यवस्थित गरी आइसोलेशन वार्डको संख्या १६५ पु¥याइने भएको छ । आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र, मकैसिंह प्राथमिक स्वास्थ्य केन्द्र, जौबारी प्राथमिक स्वास्थ्य केन्द्र, आँपपिपल सामुदायिक अस्पतालमा १०÷१० बेडको क्वारेन्टिन सहितको आइसोलेशन बनाउने निर्णय भएको छ । यसैगरी गोरखा अस्पतालमा २५ शैया आइसोलेसन वार्ड बनाइने उनले बताए ।
त्यसको लागि जिल्लाका सबै स्थानीय तहले ५÷५ लाख रकम उपलब्ध गराउने निर्णय गरेका छन् । बाँकी रकम गण्डकी प्रदेश सरकारसँग माग गर्ने सहमती भएको छ । आइसोलेसन निर्माण तथा कोष व्यवस्थापनका लागि जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ । जसको सदस्यमा गोरखा नगरपालिकाका प्रमुख र सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ । बैठकले २४ घण्टामा सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा सवारी चालकहरुका लागि आवश्यक स्वास्थ्य सामाग्री पनि उक्त कोषबाट खरिद गर्ने निर्णय गरेको छ । यसैगरी महामारी रोग निर्देशिका २०२० बमोजिम मादक पदार्थ, सुर्तिजन्य पदार्थ, होटल, लज बाहेक अन्य आवश्यक व्यापार व्यवसाय सञ्चालनको अनुमती समेत दिइएको छ ।
कोरोना भाइरसका कारण गोरखामा कसैको निधन भएमा अन्त्येष्टि गर्नका स्थानको छनोट र शव व्यवस्थापन गर्ने जिम्मेवारी गोरखा नगरपालिकालाई दिइएको छ । लकडाउनका कारण काठमाण्डौमा अलपत्र परेका र गोरखाबाट काठमाण्डौ जान नपाएकाहरुलाई गृह मन्त्रालयसँग समन्वय गरी आवतजावतको व्यवस्था मिलाउने समेत निर्णय भएको छ ।

छलफलका निर्णयहरु:

निर्णय नं.

कोरोना भाइरस Covid-19 को संभावित संक्रमणको जोखिम न्यूनीकरण, रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका सन्दर्भमा जिल्ला भित्र भए गरेका क्रियाकलापहरुको समिक्षाका साथै यस भन्दा अगाडीका बैठकको निर्णयहरुको कार्यान्वयनको समेत समिक्षा गरियो ।

निर्णय नं. २

कोभिड -१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण भारत लगायत अन्य देशमा समेत अलपत्र परेका जिल्लावासीहरु ठुलो संख्यामा जिल्ला भित्रि रहेका छन् । उनीहरुलाई क्वारेन्टाइनमा राख्ने, स्वास्थ्य परीक्षण एवं स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गराउने सन्दर्भमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सहयोगमा स्थानीय तहबाट व्यवस्थापन भइरहेको र आवश्यकतानुसार कोभिड-१९ को परिक्षणको दायरा पनि फराकिलो पारी परीक्षणमा बृद्धि भइरहेको छ । यसै क्रममा भारतबाट आएका ८ जना, काभ्रेवाट आएका १ जना र ज.ज.क. मुद्धामा अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका १ जना गरी १० जनालाई कोभिड-१९ को संक्रमण पुष्टि भई  उनीहरुलाई सदरमुकाम ल्याईगोरखा अस्पतालको आइसोलेशनमा राखी उपचार भईरहेको छ यी सवै व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको Contract Tressing गरी सम्बन्धित सवैको परीक्षणको व्यवस्था मिलाउने कार्य भईरहेको छ । यसै सन्दर्भमा परीक्षणको क्रम बृद्धि हुदैँ गर्दा संक्रमण पुष्टि हुने, क्रम पनि बढ्न सक्ने भएकोले जिल्लाभित्र देहाय अनुसार गर्ने गराउने निर्णय गरियो । 

  • गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री ज्यूले मिति २०७७।०२।२३ गते ११ वटै जिल्लाका CCMC  पदाधिकारी बिचको भिडियो कन्फरेन्स बैठकमा गर्नुभएको निर्देशन, गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको च.नं. १४८८,मिति २०७७।०२।२० को पत्रानुसार संभावित संक्रमणको आकलन गर्दा १६५ बेडको क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड तत्कालै निर्माण गर्न आवश्यक रहेको हुदाँ प्रदेश सरकार र जिल्ला भित्रका स्थानीय तहको लागत सहभागितामा निम्न स्थानमा क्वारेन्टाइन सहितको आइसोलेशन वार्ड निर्माण गर्न Drawing,Design र Cost Estimate गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने ।
  • प्राथामिक स्वास्थ्य केन्द्र आरुघाट र त्यस क्षेत्रका स्थानीय तहका स्वास्थ्यकर्मीको निग्ररानीमा आरुघाट गाउँपालिकाको व्यवस्थापनमा संचालन गर्ने गरी उपयुक्त स्थानमा१० बेड क्षमताको क्वारेन्टाइन सहितको आइसोलेशन निर्माण गर्ने ।
  • प्राथामिक स्वास्थ्य केन्द्र मकैसिंङ र त्यस क्षेत्रका स्थानीय तहका स्वास्थ्यक्रमीहरुको निगरानीमा गण्डकी गाउँपालिकाको व्यवस्थापनमा संचालन गर्ने गरी कम्तीमा १० वेड क्षमताको  उपयुक्त स्थानमा क्वारेन्टाइन सहितको आइसोलेशन व्यवस्थापन गर्ने ।
  • प्राथामिक स्वास्थ्य केन्द्र जौवारी र त्यस क्षेत्रका स्थानीय तहका स्वास्थ्यकर्मीहरुको निगरानिमा सिरान्चोक गाउँपालिकाको व्यवस्थापनमा संचालन गर्ने गरी कम्तीमा १० बेड क्षमताको  उपयुक्त स्थानमा क्वारेन्टाइन सहितको आइसोलेशन व्यवस्थापन गर्ने ।
  •  आपँपिपल सामुदायिक अस्पताल र त्यस क्षेत्रका स्थानिय तहका स्वास्थ्यकर्मीहरुको निगरानीमा पालुङटार नगरपालिकाको व्यवस्थापनमा संचालन गर्ने गरी कम्तिमा १० वेड क्षमताको उपयुक्त स्थानमा क्वारेन्टाइन सहितको आइसोलेशन व्यवस्थापन गर्ने  ।
  • जिल्ला अस्पताल गोरखामा अस्पतालबाटै २५ वेड क्षमताको आइसोलेशन निर्माण गरी परीक्षणको नतिजा बमोजिम Mild र Moderate लक्षण भएका संक्रमितलाई उपचार गर्ने व्यवस्था मिलाउने  वल्ड क्यापिटल स्कुल र सरोकारवालासंग समन्वय गरी गोरखा सदरमुकामको उपयुक्त स्थानमा १०० बेडको आइशोलेशन वार्ड निर्माण गर्ने । सो वार्डमा रहेका व्यक्तिहरुको उपचारको व्यवस्था गोरखा अस्पतालको समन्वयमा र व्यवस्थापन कार्य व्यवस्थापन समिति मार्फत गर्ने व्यवस्था मिलाउने ।

) भारत लगायत अन्य देशमा अलपत्र नागरिकको आवागमन व्यवस्थापन, क्वारेन्टाइन सहितको आइसोलेशन वार्डको निर्माण र व्यवस्थापनका लागि प्रत्येक स्थानीय तहबाट रु.५ लाखको  दरले रकम जम्मा गरी जिल्ला स्तरीय कोभिड -१९ व्यवस्थापन कोष खडा गर्ने । यस अघि निर्णय भई प्राप्त भएको रकम समेत सोहि कोषमा राख्ने व्यवस्था मिलाउने ।

) प्रकरण “ख” बमोजिमको कोष संचालनका लागि निम्नानुसारको आइसोलेशन एवं कोष व्यवस्थापन समिति गठन गर्ने, व्यवस्थापन समितिको  नियन्त्रण र  निर्देशनमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट तोकिएको लेखापाल र व्यवस्थापन समितिको सदस्य सचिवको संयुक्त दस्तखतबाट खाता संचालन गरी नियमानुसार आ.ले.प. तथा अन्तिम लेखापरिक्षण गराउने व्यवस्था मिलाउने ।

व्यवस्थापन समिति:

  • संयोजक- जिल्ला समन्वय समितिका प्रमुख ।
  • सदस्य- नगरपालिका तथा पालिकाका प्रमुख ।
  • सदस्य- सहायक प्रमुख जिल्ला अधिकारी ।
  • प्रकरण “क” बमोजिम स्थापित आइसोलेशन वार्डमा रहेका कोभिड-१९ संक्रमितहरुको नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृत “कोभिड-१९” केशको आइसोलेशन व्यवस्थापन सम्बन्धि निर्देशिका” बमोजिम व्यवस्थापन गर्ने ।
  • प्रस्तावित क्वारेन्टाइन सहितको आइसोलेशन व्यवस्थापनमा २४ सै घण्टा  खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सवारी चालकहरु समेतलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु उक्त कोषबाटै व्यवस्थापन गर्ने ।

निर्णय नं. ३

कोभिड-१९ परीक्षणका लागि RDT तथा PCR पद्धतिबाट परीक्षण गर्न RDT TEST KIT  र VTM  पटक पटक माग गर्दा समेत संघ तथा गण्डकी प्रदेश सरकारबाट आवश्यक मात्रामा प्राप्त हुन नसकेको हुदाँ पुन माग गरी जिल्ला भित्र क्वारेन्टाइनमा रहेकाहरुको  PCR पद्धतिबाट परीक्षण गरी नतिजाको आधारमा  व्यवस्थापन गर्ने  निर्णय गरियो ।

निर्णय नं.४

संक्रामक रोग ऐन, २०२०  बमोजिम जारी भएको आदेशको ७६औ दिन पुग्दा आम जनमानसबाट अति आवश्यक बाहेकका आवश्यकीय सामग्रीको अभावले जनजिवन अति प्रभावित भइरहेको भन्ने गुनासो प्राप्त भइरहेको सन्दर्भलाई दृष्टिगत गर्दै नेपाल सरकारबाट जारी आदेश बमोजिमको बन्दाबन्दीको बर्खिलाप नहुने गरी मादक पदार्थ, सूर्तिजन्य पदार्थ, होटल,लज, रेस्टुरेन्ट बाहेकका आवश्यकीय सामग्रीका पसल व्यवसायीक संघ संस्था संग समन्वय गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड अपनाई भौतिक दुरी कायम गरी गराई उपभोक्ताले आवश्यक सामग्री खरिद गर्न सक्ने व्यवस्था मिलाउने ।

निर्णय नं.५

भारत लगायत अन्य देशबाट आइ आफ्नो खर्चमा होटल क्वारेन्टाइन तथा कोभिड-१९ परीक्षणको नतिजा पोजेटिभ भए पनि कुनै पनि खालका लक्षण नभएका व्यक्तिहरु होटेल आइसोलेशनमा बस्न चाहेमा उद्योग बाणिज्य संघ, चेम्वर अफ कमर्स, होटल संघसंगको समेत समन्वयमा सम्बन्धित स्थानीय तहले निर्धारण गरेको रकम भुक्तानी गरी स्वास्थ्य र सुरक्षाका मापदण्ड तथा स्वास्थ्यक्रमीको टेलि निग्ररानीमा रहि बस्ने सक्ने व्यवस्था मिलाउने ।

निर्णय नं.६

जिल्ला भित्र कोभिड-१९ को संक्रमणको कारणबाट कोहि कसैको निधन हुन गएमा उक्त शव सद्गत गर्ने उपयुक्त स्थानको छनौट सम्बन्धित पालिकाले गर्ने र शव व्यवस्थापनको कार्य “ शव व्यवस्थापन सम्बन्धि प्रोटोकल २०७७” बमोजिम स्थानिय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्ने गराउने व्यवस्था मिलाउने ।

निर्णय नं.७

निर्णय नं. ३ को खण्ड क बमोजिम जिल्ला सदरमुकाममा स्थापित हुने क्वारेन्टाइन सहितको आइसोलेशन स्थलको निर्माण सहयोग , समन्वय र सुरक्षाका लागि नेपाली सेनाको नेतृत्वमा अन्य सुरक्षा निकायबाट गर्ने गराउने व्यवस्था मिलाउने  निर्णय गरियो ।

निर्णय नं. ८

बन्दाबन्दीका कारण काठमाण्डौबाट गोरखा आउन नपाएका अलपत्र परेका र काठमाडौमा बसोबास उद्योग, व्यापार, व्यवसाय गरी रहेका तर बन्दाबन्दीका कारण गोरखामा रहि काठमाडौँ जान नपाई समस्यामा परेको गोरखावासीहरुलाई काठमाडौ जान र अलपत्र परेकालाई  काठमाडौबाट सहज रुपमा ल्याउने प्रयोजनको लागि आवश्यक व्यवस्था मिलाउन गृह मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *