गण्डकी प्रदेशका थप २४ जनालाई कोरोना, संक्रमित १४४ पुग्यो

Share on Your Social Media
  • 66
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares

खोजखबर
गोरखा, जेठ २७ गते ।
मंगलबार बिहान गण्डकी प्रदेशमा २४ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा १२, बाग्लुङमा ११ र म्याग्दी जिल्लामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितहरुको संख्या १४४ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका अनुसार पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिकामा १२ संक्रमितहरु फेला परेका हुन् । उनीहरु ४० देखि १८ वर्ष उमेर समूहका छन् । संक्रमितहरु सबै पुरुष हुन् ।

यस्तै बाग्लुङ बरेङ गाउँपालिकामा ८ जना र निसीखोला गाउँपालिकामा ४ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

म्यादीको बेनी नगरपालिकाका ४६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *