गोरखाका थप चार जनामा कोरोना, संक्रमितको कुल संख्या १४ पुग्यो

Share on Your Social Media
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

खोजखबर
गोरखा, जेठ २८ गते ।

गोरखामा ४ कोरोना संक्रमित थपिएका छन् ।
भीमसेन थापा गाउँपालिका ६ अश्राङको क्वारेन्टिनमा रहेका उनीहरुमा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रभवक्ता जागेश्वर गौतमले जानकारी दिए । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा बुधबारको परीक्षणमा एक महिला र तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।

एकजना २८ बर्षकी महिला चितवनको भरतपुरबाट आएको र अरु तीनजना भारतबाट आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।

योसँगै गोरखामा कुल संक्रमितको संख्या १४ पुगेको छ । केही दिन अघि गण्डकी गाउँपालिकामा ९ र जिल्ला प्रहरी कार्यालयको हिरासतमाा रहेका १ जना गरी १० जनामा कोरोना संक्रमण देखिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *