थप २५० जनामा कोराना पुष्टि, संक्रमितको कुल सङ्ख्या चार हजार ६१४ पुग्यो

Share on Your Social Media
  • 71
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

खोजखबर
गोरखा, जेठ २८ गते ।
नेपालमा थप २५० जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २३० पुरुष र २० जना महिला संक्रमण पुष्टि भएको हो । सँगै सङ्क्रमितहरुको कुल सङ्ख्या चारहजार ६१४ पुगेको छ ।
त्यसैगरी, थप १८७ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ८ महिला र १७९ पुरुष रहेका छन् । योसँगै कुल डिस्चार्ज हुनेको ८६१ सङ्ख्या पुगेको छ । पुरूष ७७४ र महिला ८७ डिस्चार्ज भएका हुन् ।
मृत्यु हुनेको सङ्ख्या १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *