सरकारले बनायो लकडाउन खुकुलो, कार्यालयहरु दुई सिफ्ट सञ्चालन हुने, निजि सवारी साधनमा जोरबिजोर प्रणालीमा चल्ने, मोटरसाईकलमा पछाडी यात्रु राख्न नपाइने

Share on Your Social Media
  • 79
  •  
  •  
  •  
  •  
  •  
    79
    Shares

गोरखा, जेठ २८ गते ।
सरकारले जारी लकडाउनको मोडालिटी परिवर्तन गर्दे खुकुलो बनाएको छ ।
सरकारले निजी सवारी चलाउन जोर विजोरको आधारमा सम्बन्धित जिल्लामा जिल्लाभित्र मात्र र उपत्यका भित्रका सवारी साधनको हकमा उपत्यका भित्र मात्र चलाउन पाउने निर्णय गरेको छ ।
त्यस्तै, उद्योग, व्यापार, व्यवसाय, पसल र डिपार्टमेन्टल स्टोर खुल्ला गर्न पाउने तर सपिङ मलहरु भने खुलाउन नपाउने निर्णय गरेको छ । निजी सवारीमा चालक बाहेक दुईजनाले यात्रा गर्न पाउने, मोटरसाइकलमा एकजना मात्र चढ्ने पाउने निर्णय गरेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए
शिक्षण संस्थाहरुका कार्यालय मात्र सञ्चालन गर्न पाउने तर पठनपाठन गर्न नपाउने, त्यस्तै सरकारी वा अन्य संध संस्थाका कार्यालय दुई शिफ्टमा चलाइने बताउनुभयो । कार्यालयहरु विहान ८ देखि १ पहिलो र १ देखि ६ बजेसम्म दोश्रो सिफ्ट सञ्चालन हुनेछ ।
रेष्टुरेन्टमा बसेर खान नपाउने तर लिएर जान पाउने निर्णय पनि गरिएको छ भने होटल क्वारेन्टाइनको लागि मात्र चलाउन पाउने व्यवस्था गरिएको छ ।
सामान्य हिँड्डुल गर्न पाउने र त्यसको लागि अनिवार्य रुपमा मास्क लगाउनु पर्ने र भिडभाड गर्न नपाउने बताइएको छ । निजी सेवा प्रदायक संस्थाका कर्मचारी ओसार्न सार्वजनिक सवारी चलाउन पाउने तर त्यसमा एक रोमा एकजना मात्र राख्न पाउने, चालक बाहेक दुईजनाले यात्रा गर्न पाउने, यात्रीहरूको मास्क अनिवार्य र यातायातका साधन सेनिटाइज गरेर मात्र चलाउने पाउने उनले बताए ।

लकडाउनमा के–के गर्न पाइन्छ?

स्वास्थ्य सेवा (निजी क्लिनिकसमेत )

कृषि क्षेत्र स् उत्पादनदेखि वितरणसम्म

उद्योग व्यापार, व्यसाय, पसल, डिपार्टमन्ट स्टोर्स खुल्ला गर्ने

सबै प्रकारका ढुवानीहरु सञ्चालनमा ल्याउने

व्यक्तिको पैदल आवागमन खुला

साइकल र मोटरसाइकल (मोटरसाइकलमा १ जना) सवारी गर्न पाइने

उपत्यकाभित्रको हकमा उपत्यकाका तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्रका निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू हुने

फोहारमैला व्यवस्थापन काम यथावत रुपमा अगाडि बढ्ने

बैंक तथा वित्तीय संस्था

नर्सरी र वनजन्य उद्यमहरु

विकास आयोजनाहरु

रेस्टुरेन्टबाट खानेकुरा लैजान पाइने (टेक अवे सर्भिस)

क्वारेन्टिनका लागि तोकिएका होटल र यातायात सञ्चालन गरिने

सरकारी कार्यालयहरु सञ्चालन गरिने

शिक्षण संस्थाका कार्यालय सञ्चालन गरिने

गैरसरकारी संस्थाका कार्यालयहरु सञ्चालन गरिने

सार्वजनिक तथा जोरबिजोर प्रणालीमा लागू हुनेगरी निजी सेवा प्रदायक कार्यालयहरुका गाडी सञ्चालन गर्न पाइने

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *