२५ प्रहरीको कोरोना रिर्पोट नेगेटिभ, ३ जनाको नतिजा आउन बाँकी

Share on Your Social Media
  • 106
  •  
  •  
  •  
  •  
  •  
    106
    Shares

खोजखबर
गोरखा, जेठ ३० गते ।

जिल्ला प्रहरी कार्यालय गोरखाका २५ प्रहरीको कोरोना रिर्पोट सार्वजानिक भएको छ ।
हिरासतमा रहेका एक युवकमा कोरोना संक्रमण देखिएपछि २८ जनाको स्वाब परीक्षण देखिएको छ । ३ जनाको भने रिर्पोट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

गत जेठ २५ गते प्रहरी हिरासतमा रहेका पालुङटारका १७ बर्षिय युवकलाई कोरोना संक्रमण देखिएपछि त्यसको भोलीपल्ट २६ गते १७ जना प्रहरी र सरकारी वकिलको कार्यालय, जिल्ला अदालतका कर्मचारी, हिरासतमा रहेका अन्य ब्यक्ति ११ जना समेतको गरी २८ जनाको कोरोना परिक्षणका लागि स्वाव संकलन गरी पोखरा पठाइएको थियो ।

स्वाब संकलन गरिएका प्रहरी र कर्मचारीलाई हालसम्म क्वारेन्टिनमा राखिएको छ । रिपोर्ट आउन बाँकी रहेका मध्ये २ प्रहरी रहेका छन् भने अर्का एक कर्मचारी रहेको बताइएको छ ।
रिर्पोट आउन ढिलाई हुँदा सबै त्रसित भएका थिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *