गोरखाका १० जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २५ पुग्यो

Share on Your Social Media
  • 59
  •  
  •  
  •  
  •  
  •  
    59
    Shares

खोजखबर
गोरखा, असार २ गते ।
गोरखामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार गोरखा नगरपालिकाका ८ र बारपाक सुलिकोटका २ जना कोरोना संक्रमण प्रमाणित भएको हो ।

गोरखा नगरपालिकाको मनकामना बहिरा मावि क्वारिन्टनमा रहेका ८ जना मध्ये ७ पुरुष र एक महिला छन् । उनीहरु मध्ये अधिकाशं भारतबाट आएका गोरखा नगरपालिकाले जनाएको छ । नारेश्वरका एक युवक भने काठमाण्डौ हिडेर राजमार्गका विभिन्न ठाउँमा बास बस्दै तिनमा गोरखा आइपुगेको श्रोतले दाबी गरेको छ । ताकुकोट स्थित बारपाक सुलिकोट गाउँपालिकाको क्वारेन्टिनमा रहेका २ जना भने पुरुष रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशानलयका निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिए । उनीहरु दुबै जना भारतको हैजराबादबाट आएको खुलेको छ ।

यो संगै गोरखामा कोरोना संक्रमितको संख्या २५ पुगेको छ । यसअघि गण्डकी गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनमा रहेका नौजनामा, पालुङ्टार ७ का एकजनामा र भीमसेन थापा गाउँपालिकाका बिभिन्न क्वारेण्टाइनका ४ जनामा कोरोना पुष्टि भएको थियो । गोरखा घर जुम्लामा कार्यरत युवक युवकमा पनि कोरोना पुष्टि भएपछि उनको त्यहीँ उपचार भइरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *