कोरोना संक्रमतिलाई ओर्साने एम्बुलेन्स चालकलाई २५ सय प्रोत्साहन भक्ता

Share on Your Social Media
  • 330
  •  
  •  
  •  
  •  
  •  
    330
    Shares

खोजखबर
गोरखा, असार ३ गते ।

कोरोना संक्रमितलाई क्वारेन्टिनबाट आइसोलेसनमा लैजाने एम्बुलेन्स चालकले प्रोत्साहन भक्ता पाउने भएका छन् ।
मंगलबार बसेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा व्यवस्थापनको लागि गठित कमाण्ड पोष्ट र क्रासिस म्यानेजमेन्ट सन्टेर (सिसिएमसी) को बैठकले उनीहरुका लागि प्रोत्साहन भक्ता दिन स्थानीय तहहरुलाई अनुरोध गरेको हो । ‘केस देखिपछि क्वारेन्टिनबाट आइसोलेशन ल्याउन हामीलाई जहिले पनि समस्या भयो । किन एम्बुलेन्स चालकहरु पन्छिन खोजे भनेर हामीले छलफल गरेयौं,’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने, ‘प्रोसाहन सुबिधा नभएको, सुरक्षाका लागि पिपिईको व्यवस्था नभएको जस्ता गुनासो गर्नु भयो । अनि हामीले स्थानीय तहहरुसँग छलफल गरेरै यो अनुरोध गरेका हौं ।’ अधिकाशं स्थानीय तहले प्रोत्साहन रकम र पिपिई उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए ।
यसैगरी गोरखा क्याम्पसमा निर्माण भएको क्वारेन्टिन सहितको आइसोलेशन लाई तिब्रता दिइ तत्काल ६० बेड पु¥याउने र क्रमश एक सय बनाउने समेत निर्णय भएको छ । ‘गोरखा अस्पतालको आइसोलेशन भरियो । अब नयाँ केस देखियो भने राख्ने ठाउँ छैन,’ उनले भने, ‘गोरखा क्याम्पस र अन्यत्र ४ ठाउँमा निर्माण भइरहेका आइसोलेशनको कामका थप तिब्रता दिन आग्रह पनि हामीले आग्रह गरेका छौं ।’ सदरमुकामको गोरखा क्याम्पसमा एक सय, मकैसिंह प्राथामिक स्वास्थ्य केन्द्र, आरुघाट स्वास्थ्य केन्द्र, जौवारी स्वास्थ्य केन्द्र र आँपपिपल अस्पतालमा १०÷१० बेडको क्वारेन्टिन सहितको आइसोलेशन निर्माण भइरहेको छ ।
बैठकमा जिल्लाको स्वास्थ्य र सुरक्षा स्थितीको बारेमा पनि सामान्य छलफल भएको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत हर्क रोकाले जानकारी दिए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *