खोजखबर
गोरखा, असार ३ ।
लाप्राकका एक युवक माथि कुटपिट भएको छ । धार्चे गाउँपालिका–४ लाप्राकको नाङ्को लघु जलविद्युत आयोजनाको आर्थिक गतिविधि बारे प्रश्न उठाएका स्थानीय रोजन गुरुङलाई पूर्व अध्यक्ष दुलाल गुरुङका छोराहरुले कुटपिट गरेका हुन् ।
दुलालको कार्यकालमा खर्च भएको १७ लाख रुपैयाँको बारेमा चित्त बुझ्दो जवाफ नआएपछि रोजनले खर्च विवरण र अडिट रिर्पोट मागेका थिए । ‘यत्रो रकम कहाँ गयो, अडिट रिर्पोट पनि छैन । स्पष्ट रुपमा हिसाब किताब सार्वजानिक गर्नुहोस्, सार्वजानिक सुनुवाइँ गरेर सबै जनतालाई जानकारी दिनुहोस् भनेर मैले भनँे,’ गोरखा समाचारसँग कुराकानी गर्दै रोजनले भने, ‘त्यसपछि पूर्व अध्यक्ष दुलाल गुरुङको छोरा भनिन्द्र गुरुङले बैठक नै भाडेर स्थगित गराइदिनु भयो ।’
बैठक सकिएपछि भनिन्द्रले ७÷८ जना युवाहरुसँगको सहयोगमा रोजनलाई गाउँ भन्दा अलि पर एकान्तमा लगेर कुटपिट गरेको उनले बताए । टाउको र शरिरका विभिन्न भागमा चोट लागेको रोजनको गुनासो छ । पिडितले प्रहरीमा उजुरी समेत गरिसकेको बताएका छन् । उता भनिन्द्र पक्षले भने सामान्य भनाभन भएको तर कुटपिट नगरिएको दाबी गरेका छन् ।
यता नेपाल विद्यार्थी संघका जिल्ला सदस्य समेत रहेका रोजन गुरुङ माथि कुटपिट भएको भन्दै नेबिसंघले भत्र्सना गरेको छ । जिल्ला सचिव मिलनसिंह बस्नेतले एक प्रेस विज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य सार्वजानिक गर्न माग गरेका छन । साथै कुटपिटमा संलग्न भनिन्द्र गुरुङ, असल गुरुङ, राजन गुरुङ लगायतका सबै दोषिलाई कारवाही गर्न नेबिसंघ प्रशासनलाई अनुरोध गरेको छ ।