३ सय ९ घरधुरीलाई उन्नत धानको बिऊ सहयोग

Share on Your Social Media
  • 350
  •  
  •  
  •  
  •  
  •  
    350
    Shares

खोजखबर
गोरखा असार ४ गते ।

गोरखाको विभिन्न ठाउँका किसानहरुले धानको बिऊ वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित समुदाय बिकास परियोजना, कोभिड १९ प्रतिकार्य योजना कार्यक्रम अन्र्तगत पद्धती बिकास सेवा केन्द्रले ३०९ धुरीलाई उन्नत जातको धानको बिऊ वितरण गरेको हो ।
गोरखा नगरपालिका ४ फिनामको जनकल्याण ऋण तथा वचत सहकारी संस्थाका १८० र आरुघाट गाउँपालिका २ मान्बुको भवानी कृषि सहकारी सस्थाका १२९ घरधुरीलाई उक्त वितरण गरिएको पद्धती बिकास सेवा केन्द्रका लघुउद्यम विकास अधिकृत सुनिल न्यौपानेले जानकारी दिए ।
नेपाल सरकारद्धारा प्रमाणित एरिस अइडिया ३५५ केजि फिनाममा र ३५० रामधान मान्बुका किसानलाई उपलब्ध गराइएको हो । कोरोना भाइरसको न्यूनीकरणका लागि कार्यान्वयन भइरहेको बन्दाबन्दीका कारण कृषि क्षेत्रमा हुनसक्ने समस्या र भावी दिनमा आउन सक्ने खाद्यन्न अभाव न्यूनीकरण गर्ने उदेश्यले ३ लाख ४६ हजार ८० रुपैयाँ बराबरको धानको बिऊ वितरण गरिएका पद्धती बिकास सेवा केन्द्रले जनाएको छ । उक्त रकम मध्ये परियोजनाले २ लाख ९५ हजार ९०० र बाँकी ५० हजार १८० समुदाय स्वम्ले लगानी गरेका हुन् ।

गोरखा नगरपालिका ४ का अध्यक्ष खोपबहादुर अधिकारी र आरुघाट गाउँपालिका २ का अध्यक्ष सोमप्रसाद घलेको उपस्थित बिऊ वितरण गरिएको थियो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *