भीमसेन थापा गाउँपालिकाका ५ जनामा कोरोना पुष्टि, गोरखा अस्पतालको आइसोलेशनमा रहेका ६ जनाको रिर्पोट पुनः पोजेटिभ देखियो

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा , असार ५ गते ।

गोरखामा शुक्रबार थप ५ कोरोना संक्रमित भेटिएका छन् । जिल्लाको भीमसेन थापा गाउँपालिकाको क्वारेन्टिनमा रहेका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजु न्यौपानेले जानकारीले दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत प्रवक्ता जोगेश्वर गौतमले गोरखामा संक्रमित थपिएको बताएका थिए । तर बाँकी छ जना भने जिल्ला अस्पतालको आइसोलेशनमा उपचारत व्यक्ति रहेको स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । उनीहरुमा गरीको दोश्रो परीक्षणको रिर्पोट पनि पोजेटिभ आएको न्यौपानेले बताए ।
योसँगै गोरखामा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । अहिले जिल्ला अस्पताल गोरखाको आइसोलेशनमामा २४ जनाको उपचार भइरहेको छ । बिहीबार थपिएका पालुङटार नगरपालिकाका ८ र शहिद लखन गाउँपालिका ४ जनालाई भने अहिलेसम्म क्वारेन्टिनमै राखिएको छ । गोरखा क्याम्पसमा निर्माणाधिन आइसोलेशनको काम नसकिएपछि शुक्रबार पनि उनीहरुलाई क्वारेन्टिन मै राखिएको हो ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *