लकडाउन मामाघर र म

Share on Your Social Media
  • 382
  •  
  •  
  •  
  •  
  •  
    382
    Shares

प्रान्जली पाठक
लकडाउन सुरु भएको नि तीन महिना पुग्न ल्याग्यो ! म अहिले बसोबास गर्दै आएको ठाँउ हो, जिवनपुर, धादिङ, मेरो मामाघर, जसलाई आँपघारी भनेर पनि चिनिन्छ । म साथ साथै यस्ता कयौं जाना छौ, जो घरबाट टाढा, कि त धेरैपछी घरको नजिक छौ ।

यसो सोची ल्याउने हो भने, लकडाउनले गर्दा संसारमा भएका जति पनि प्राणी छौ, सबैलाई असर परेको छ । कोविड–१९ एउटा सानो भाइरसले बिश्व हल्लाएको छ । यतिका कुरा भैसक्दा, मेरो मनमा पनि कुरा हरु त खेले । तर आज भने म यसो आफ्ना बारेमा कुरा गर्छु!

म कलेज पढ्ने एउटा विद्यार्थी हुँ । लकडाउन हुनु केही अघि नै कलेज बिदा भएको थियो । ठ्याक्कै लकडाउन हुनु एक दिन अघि भने, बा, आमा, दिदी, म र भाइ मामाघर आयौँ । हामीलाई हेक्का थिएन कि हाम्रो एक दुइदिनको बसोबास, एक दुई महिनामा परिणत हुनेछ । जबसम्म म परिवार सङै थिए, केही मतलब थिएन । मेरो प्यारो मामाघर, नाम आँपघारी तर लिच्चीको बोटले भरिएको ! ताजा हावा, जतासुकै हिंड्न पाउने एउटा खुलापन ! बारीको हरियो सागपात , रसिलो उखु, गाजर, धान, मकै, गाईको दूध, दहि, घ्यू, महि, खेल्नलाई बाख्रापाठा, सिरिरी चल्ने त्यो हावा र जताततै हरियाली ! अनि मेरा प्यारा हजुरबुवा र हजुरआमा । छोटकरीमा भन्नुपर्दा मेरालागि स्वर्ग । समय बितेको पत्तै हुदैन थियो। कहिले काहीँ भने साना–साना कुरामा बा आमासङ खटपट प¥र्थो । नभए त मेरालागि यो लकडाउन जिवनकै केही रमाइलो क्षणमा परिवर्तन भएका थिए !

अब आयो काहानीमा छोटो ट्वीस्ट । आमालाई कामको सिलसिलामा काठमाडौं फर्कनु पर्ने भो । बाले पुर्याउन जानुपर्ने भो । भाइ सानै भएकोेले लानैपर्ने भो भने दिदी पनि बडो फुर्ति देखाएर काठमाडौं जाने कुरा गर्न थाली । म चै बस्ने भए। दुई महिनाको साथ अन्त्यमा आउदै थियो । उहाँहरु जानुभयो, र अब बाकी भयौं, बुढाबा, बुढिआमा र एउटा चुलबुले नातिनी ! बा आमा जानुभाको, केही दिन त खल्लो लग्यो, तर दिन बित्दै जादा सहज हुँदै गयो वातावरण । बिहानदेखि प्रसन्न भै उठ्थ्यै, प्रायजसो, बेलुकासम्म उस्तै ! एउटा प्रगाढ सम्बन्धको स्थापना भएको थियो । हजुरबुवा र हजुरआमालाई काममा सघाउदा सघाउदै दिन बित्न थाले ।

अनि खबर आयो माइजुको बच्चा डेलिभरी भएपछि गाउँ आउने रे ! सानी बहिनीलाई पहिलोचोटि काखमा लिदा म हषिर्त थिएँ । फुच्ची ,कति माया लाग्दी ! मामा माइजु यता आएको पनि ९–१० दिन भयो । अहिले त मामाघर भन्दा पनि घरजस्तो भैसक्यो यो ठाउँ मेरा लागि। छिमेकीहरु पनि उस्तै मिजासिला ! म त आनन्दले बसिरहेकि छु, यस्तो बेलामा, गाउँको हावा खादै, चिच्याउदै, बारीमा कुर्दै, नाच्दै, गाउदै , आफ्नै दुनियाँमा रमाउदै ! खान र लाउनलाई नि खाचो छैन ।

तर एउटा कुरा भने मेरो मनमा खट्किरहन्छ । सबैको जीवन जिउने वातावरण एउटै हुँदैन । कति मान्छेहरु मानसिक पिडामा दब्बिनु परेको छ ! थाहा छैन अवस्था कहिले साम्य हुनेछ । यस्तो बेलामा आफु धैर्य हुनुपर्छ । यस घडीमा आफुलाइ व्यस्त राखे बडो लाभकारी हुनेछ । मनमा अनेक कुरा खेल्न पाउदैनन् । यसो विचार गर्ने हो भने लकडाउन भएदेखि मानसिक पिडाले गर्दा , नेपालमा मात्र हरेक दिन कम्तीमा पनि १२ जानाले आफ्नो प्राण त्याग गर्दछन् ।

दैनिक मानसिक रोगी बढिरहेका छन् । यस्तो हुनु स्वभाविक हो । जीवन जिउने केही आधार नभएपछि नराम्रो लाग्द्छ । त्यसैले गर्दा मानसिक स्वस्थ्यता एकदमै आवश्यक छ ।

स्वस्थ खाने, दैनिक योग, ध्यान तथा व्यायाम गर्नाले केही मात्रामा भयपनि खुशिहुन सकिन्छ । आफुलाइ सिक्न मनलागेको काम हरु गर्ने पनि यो एउटा उचित घडी हो । येति भन्दै म मेरा बिचारहरु यहि टुङ्याउन चाहान्छु ।
स्वस्थ रहौ । मस्त रहौ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *