थप ४२१ सङ्क्रमित, कुल नौ हजार २६, थप एकको मृत्यु

Share on Your Social Media
  • 32
  •  
  •  
  •  
  •  
  •  
    32
    Shares

खोजखबर
गोरखा, असार ७ गते ।
नेपालमा थप ४२१ जना सङ्क्रमित भएका छन् । योसँगै कुल सङ्क्रमित नौ हजार २६ पुगेको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए थप ३५७ जना पुरुष र ६४ जना महिला सङ्क्रमित भएका हुन् ।
थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा आठ महिला र १६७ पुरूष रहेका छन् । योसँगै एक हजार ७७२ निको भएका छन् । जम्मा निको हुने मध्ये १६२३ जना पुरुष र १४९ जना महिला रहेका छन् ।
रेड जोनमा ५०५ जना पुगेको छ दुई जना रेड जोनमा परेका छन् । पछिल्लो २४ घण्टामा छ हजार आठ जनाको नमूनाको पीसीआर टेस्टमा कोरोना पुष्टि भएको हो । क्वारेन्टाइनमा रहेकाको सङ्ख्या ९८ हजार ९२८ पुगेको छ । आइसोलेसनमा रहेकाको सङ्ख्या सात हजार २३१ पुगेको छ । काठमाडौँ उपत्यकाको ललितपुरमा एक जना महिला सङ्क्रमित भएका छन् । गुल्मीका एक पुरूषको मृत्यु भएको छ । असार ५ गते घरमै मृत्यु भएको हो । उहाँको स्वाब परीक्षणमा कोरोना पाइएको हो । योसँगै २३ जनाको मृत्यु भएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *