लापुका १५ कृषकलाई १०० स्याउको बिरुवा वितरण

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, असार ८ गते ।

खोजखबर
गोरखा, असार ८ गते ।

उत्तरी गाउँपालिकाको धार्चे गाउँपालिका ७ लापुका कृषकहरुलाई इटालीयन जातको स्याउको बिरुवा वितरण गरिएको छ । गुड नेवर्स इन्टरनेशलको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित समुदाय बिकास परियोजना, स्याउ खेति परीक्षण कार्यक्रम अन्र्तगत पद्धती बिकास सेवा केन्द्रले १५ जना कृषकलाई उक्त विरुवा वितरण गरेको हो । स्याउको खेती सम्भाव्यता परिक्षण गरी व्यवसायीक स्याउ खेति तर्फ प्रोत्साहन गर्ने लक्ष्य कार्र्यक्रमले लिएको छ । स्थाननीय पुङकाङ डाडा कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुको आर्यआर्जनमा सुधार ल्याउनु कार्यक्रमको मुख्य उदेश्य रहेको पद्धती बिकास सेवा केन्द्रका लघुउद्यम विकास अधिकृत सुनिल न्यौपानेले जानकारी दिए ।


उनीहरुलाई १ लाख ८० हजार रुपैयाँ बराबरको एक सय बिरुवा उपलब्ध गराइएको छ । उक्त रकम मध्ये परियोजनाले १ लाख २० हजार र बाँकी ६० हजार किसान स्वम्ले लगानी गरेका हुन । एक कार्यक्रमका वीच धार्चे गाउँपालिका ७ का अध्यक्ष सुर्यमान गुरुङ्गले उक्त बिरुवा कृषकलाई हस्तान्तरण पद्धती बिकास सेवा केन्द्रले जनाएको छ ।


You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *