खोजखबर
गोरखा, असार ८ गते ।
गोरखामा थप ११ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय गोरखाले दिएको जानकारी अनुसार भीमसेन थापा गाउँपालिकामा ५, गण्डकी गाउँपालिकामा ३ जना र शहिद लखन गाउँपालिकामा ३ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेमा भीमसेन थाापा गाउँपालिका २ महिला छन । अन्य सबै पुरुष रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी राजु न्यौपाने जानकारी दिए ।
यो सँगै गोरखामा कोरोना संक्रमितको कुल संख्या ५१ पुगेको छ । ती मध्ये ८ जना निको भएर घर फर्किसकेका छन् भने अन्यलाई गोरखा अस्पताल, गोरखा क्याम्पस आइसोलेशन र विभिन्न क्वारेटिनमा राखिएको छ ।