खोजखबर
गोरखा, असार ९ गते ।
गोरखामा एकै दिन १८ कोरोना संक्रमित भेटिएका छन् । मंगलबार गरिएको परीक्षणमा ८ महिला र १० पुरुष गरी १८ जनामा संक्रमण पुष्टि भएको हो ।
भीमसेन थापा गाउँपालिकाका १२, सहिद लखन गाउँपालिका– ३ र बारपाक सुलिकोट, गण्डकी र अजिरकोट गाउँपालिकाका एक–एकजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले जानकारी दिए ।
थपिएका नयाँ संक्रमितमा तीन वर्र्षीय बालकदेखि ५८ वर्ष उमेर समूहका छन । उनीहरु अधिकाशं भारतबाट आएर क्वारेन्टिनमा बसेको कार्यालयको दाबी छ । योसँगै गोरखामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । उनीहरुलाई जिल्ला अस्पताल गोरखा, गोरखा क्याम्पस र जिल्लाका विभिन्न क्वारेन्टिनमा राखेर उपचार गरिएको छ ।
अहिलेसम्म आठजना निको भएर घर फर्किसकेका छन ।