सर्वसाधरणलाई पासको सास्ती, पहुँचवाला भने फोनबाटै मिलाउँछन्

Share on Your Social Media
  • 345
  •  
  •  
  •  
  •  
  •  
    345
    Shares

नरेन्द्र ढकाल
गोरखा, असार ९ गते ।

खोप्लाङका दिलिप पोखरेल काठमाण्डौको एक निजि कम्पनीमा काम गर्छन । सरकारले लकडाउन खुकुलो बनाएसँगै उनले काम गर्ने कम्पनी सञ्चालनमा आएको छ । तर काठमाण्डौ जान पास नपाएपछि उनलाई भने जागिर गुम्ने चिन्ताले सताएको छ । ‘मसँग बाइक छ । पासका लागि जिल्ला प्रशासनमा कागजपत्र बुझाएको ५÷६ दिन भयो । तर अहिले सम्म रिप्लाई आउँदैन,’ उनले भने, ‘म बिहान कजेल पनि पढाउथे, अहिले काठमाण्डौका सबै कलेजहरुले अनलाइन कक्षा सुरु गरिसकेका छन् । मैले मात्र पढाउन पाइन, मेरो त सबै जागिर जाने भयो ।’
अहिले देशभर निजि सवारी साधन सञ्चालन भइरहेका छन् । सम्बन्धित जिल्ला भित्र पास आवश्यक नपरेपनि, बिना पास अर्को जिल्लामा जान पाइदैन । काजक्रिया बस्ने ÷जाने र सकेर फकर्नेे, अस्पतालले रेफर गरेका जिल्लामा उपचार हुने नसक्ने बिरामी, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्य, काठमाण्डौ उपत्यका भित्र सरुवा भएर रमना लिई हाजिर हुने व्यक्ति, काठमाण्डौ उपत्यकाको मन्त्रालय, बिभाग र कार्यालयमा कार्यरत भइ विदा वा काज भएका कर्मचारीहरु, हवाई उडान टिकट सुनिश्चित भइसकेका विदेश जानु पर्ने विदेशी नागरिक वा नेपालीहरु, औषधी तथा राहत ढुवानीका सवारी साधनलाई मात्र जिल्ला प्रशासनले पास दिन पाउने व्यवस्था छ ।
त्यस बाहेकका कामका लागि काठमाण्डौ जिल्ला प्रशासनको सहमती र गृह मन्त्रालयको स्वीकृती आवश्यक पर्छ । ‘म काठमाण्डौको एउटा कन्स्ट्रक्सन कम्पनीमा सुपर भाइजरको काम गर्छु । लकडाउन खुकुलो भएसँगै कम्पनीले काममा आउनु भनेर फोन ग¥यो, पास बनाउनका लागि सिफारिस पठाइदियो । काठमाण्डौमा म बस्ने वडाको सिफारिस पनि मगाएँ,’ बारपाक सुलिकोट गाउँपालिका ६ का भिम देवकोटाले भने, ‘तीन गते जिल्ला प्रशासनमा आफै गएर सबै कागजात बुझाएँ तर ६ गतेसम्म पनि उहाँहरुले पास दिनु भएन ।’ पास नपाएपछि मोटरसाइकल खोजेर चेकिङमा खटिएका पुलिसको आँखा छल्दै आइतबार साँझ काठमाण्डौ पुगेको टेलिफोनमा उनले गुनासो गरे । विशेष गरी निजि क्षेत्रमा काम गर्ने र जरुरी कामले हिड्नु पर्ने सर्वसाधारणहरुले पास पाएका छैनन् । तर केही पहुँचवाला व्यक्तिहरुले भने राजनितिक दलका र्शीष नेता, स्थानीय तहका प्रमुखहरु, उद्योगी व्यपारी र कर्मचारीहरु मार्फत सिधै काठमाण्डौ जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा फोन गरी पास मिलाउने गरेको पाइन्छ । जिल्ला प्रशासन कार्यालयले त्यसको दबाब थेग्न सकेको छैन ।

यता प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि सहज ढङ्गले पास दिन नसकिएको स्वीकार गरेका छन् । ‘गृहको निर्देशन र परिपत्र भन्दा बाहिर गएर हामीले पास दिन मिल्दैन,’ उनले भने, ‘विशेष गरी काठमाण्डौ जानुपर्नेहरुले पास नपाएका कारण धेरै दुःख पाउनु भएको साँचो हो । जरुरी काम र व्ययवसाय भएकाहरु पनि जान पाउनु भएको छैन ।’ तर कसैको भनसुनका आधारमा पास वितरण भने नभएको प्रजिअ पौडेलले दाबी गरेका छन् । आएका निवेदनहरु सहमतीका लागि सिधै जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा पठाउने गरिएको छ । सहमती प्राप्त भएपछि गृह मन्त्रालयको स्वीकृतीमा मात्र पास उपलब्ध गराउनु पर्ने भएकाले पहुँचका आधारमा वितरण हुन नसक्ने प्रशासनको दाबी छ ।
लकडाउन खुकुलो भएसँगै देशभरका सरकारी तथा गैरसकारी कार्यालय, उद्योग, कल कारखाना, व्यापार, व्यवसाय, बिकास निर्माण लगायतका काम सुरु भइसकेका छन् । यद्यपी आवतजावतमा कडाई भने कायमै रहेकाले काठमाण्डौ बाहिरका सर्वसाधरण काममा फर्कन सकेका छैनन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *