गोरखामा ६ संक्रमित थपिए, कुल संख्या ८४ पुग्यो

Share on Your Social Media
  • 45
  •  
  •  
  •  
  •  
  •  
    45
    Shares

खोजखबर
गोरखा, असार १५ गते ।
गोरखामा थप ६ जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार भीमसेन थापा गाउँपालिकामा ५ र सिरानचोक गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
उनीहरु मध्ये विन्द्रावती मावि मसेल क्वारेण्टाइनका दुईजना, जनजागृति आधारभूत विद्यालय अश्राङ क्वारेण्टाइनका दुईजना र शान्ति मावि बगुवा क्वारेण्टाइनका एक रहेका छन् ।
योसँगै भीमसेन थापा गाउँपालिकामा हालसम्म ३४ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै सिरानचोक गाउँपालिकाको जनज्योति मावि चिप्लेटी क्वारेण्टाइनका एकजनामा पनि सोमबार कोरोना पोजेटिभ पुष्टि भएको छ । आइतबार पनि सिरानचोकमा एक संक्रमित भेटिएका थिए । सिरानचोकमा पनि संक्रमितको संख्या २ पुगेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *