सम्भव नेपालद्धारा गोरखाका स्थानीय तहहरुलाई दुई हजार भिटिएम सहयोग

Share on Your Social Media
  • 61
  •  
  •  
  •  
  •  
  •  
    61
    Shares

खोजखबर
गोरखा, असार १६ गते ।

पर्यटन व्यवसाय प्रेम खत्रीले सम्भव नेपाल नामक सस्था मार्फत गोरखाका स्थानीय तहहरुलाई २ हजार थान भिटिएम (पिसिआर परीक्षण किट) सहयोग गरेका छन् । भिटिएम प्रर्याप्त नभएका कारण स्थानीय तहले पिसिआर परीक्षणको दायरा बढाउन नसकेको थाहापछि आरुघाट गाउँपालिका–८ का खत्रीले सम्भव नेपाल नामक संस्थाबाट उक्त सहयोग गरेका हुन् ।
गण्डकी, आरुघाट र पालुङटारलार्ई २/२ सय थान सिरानचोक, अजिरकोट र बारपाक सुलिकोकटलाई १५०/१५० थान र धार्चे गाउँपालिकामा १ सय वटा भिटिएम वितरण गरिएको छ । सरदमुकामको गोरखा नगरपालिका र संक्रमितको संख्या उच्च रहेको भिमसेन थापा गाउँपालिकामा २५०/२५० थान र गोरखा क्याम्पसको आईसोलेसनका लागि १ सय ५० थान भिटिएम उपलब्ध गराइएको खत्रीले जानकारी दिए । शहिद लखन गाउँपालिकालाई २ सय पीस किट, १ हजार मास्क र चुमनुव्री गाउँपालिकालाई एक हजार थान मास्क हस्तान्तरण गरिएको छ । सोही अबसरमा उनले नेपाल पत्रकार महासंघ गोरखा शाखालाई २ हजार मास्क र एक सय वटा सेनिटाइजर सहयोग गरेका छन ।
केही समय अघि उनले गोरखाका अधिकाशं स्थानीय तहहरुलाई माक्स, सेनिटाइजर थर्मल गन समेत उपलब्ध गराएका थिए । सम्भव नेपाल नामक एक संस्था समेत खोलेका उनले गोरखाका विभिन्न सामाजिक काममा सहयोग गर्दै आइरहेका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *