विषालु च्याउ खाँदा एक परिवारका ५ बिरामी

Share on Your Social Media
  • 23
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

खोजखबर
गोरखा, असार १६ गते ।
विषालु जातको जंगली च्याउ खाँदा थुमीमा ५ जना विरामी परेका छन् ।
जंगलबाट ल्याएको च्याउ खाएका आरुघाट गाउँपालिका ७ थुमीका गाइने बिकको परिवार बिरामी भएको प्रहरीले जनाएको छ । वर्ष ५० को गाईने बिक, उनकी श्रीमती ४५ वर्षीय काली बिक, १६ वर्षकी छोरी रञ्जिता बिक, १४ वर्षका छोरा किसान र ९ वर्षका बिरबहादुर गम्भिर विरामी भएका हुन् । जंगलबाट खोजी ल्याएको जंगली च्याउको तरकारी खाँदा जिब्रो सुन्निने र वान्ता गर्ने लगायतका समस्या देखिएपछि प्रहरी र स्थानीयवासीहरुको सहयोगमा आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट ल्याइएको थियो ।
अहिले उनीहरुको अबस्था सुधार भएको प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *