स्वास्थकर्मीमा संक्रमण देखिएपछि बारपाक सुलिकोट पाँच दिन बन्द

Share on Your Social Media
  • 105
  •  
  •  
  •  
  •  
  •  
    105
    Shares

खोजखबर
गोरखा, असार १६ गते ।
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य शाखामा कार्यरत एक स्वास्थ्यकर्मीमा संक्रमण देखिएको गाउँपालिकाले पुष्टि गरेको छ ।
मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिका अध्यक्ष विष्णु भट्टले सूर्यज्योति माविको क्वारेन्टिनमा रहेका एक व्यक्रिसँगै एक स्वास्थ्यकर्मीको रिर्पोट पनि कोरोना पोजेटिभ आएको जानकारी दिएका छन् ।

स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएसँगै अबको पाँच दिन अर्थात असार २१ गतेसम्म उक्त गाउँपालिकाका सबै कार्यालय बन्द गर्ने निर्णय भएको छ ।
ती व्यक्तिसँग सम्र्पकमा आएको हुनसक्ने व्यक्तिहरुको पहिचान गरी कन्ट्रयाक टे«सिङको तयारी भइरहको अध्यक्ष भट्टले जानकारी दिएका छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *