कुनै प्रकारका शुल्क नलिन विप्लब निकट विद्यार्थी संगठनको आग्रह

Share on Your Social Media
  • 55
  •  
  •  
  •  
  •  
  •  
    55
    Shares

खोजखबर
गोरखा, असार १७ गते ।

विद्यार्थीसँग कुनै पनि प्रकृतिको शुल्क नलिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आग्रह गरको छ ।
विप्लब नेतत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनको गण्डक क्षेत्रीय समन्वय समितिले मंगलबार एक प्रेस विज्ञप्ती जारी गरी लकडाउनको मौका छोपी जवरजस्ती शुल्क असुल्ने काम तत्काल बन्द गर्न चेतावनी दिएको छ । गण्डक संयोजक बद्रि अधिकारीद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा कास्की, तनहुँ, स्याङ्जा, लम्जुङ, गोरखा र मनाङमा बन्दाबन्दिको अबस्थामा अनलाईन शिक्षाको नाममा शुल्क उठाउने, पाठ्यक्रम परिर्वतन गर्ने, विभिन्न बाहनामा अभिभावकसँग महंगो शुल्क लिने लगायतका कार्य भएको उल्लेख गरिएको छ ।
उक्त कुरा तत्काल रोक्नका लागि मौखिक र विज्ञप्ती मार्फत आग्रह गर्दा पनि अटेर गरेका भन्दै क्रान्तिकारीले पहिलो चरणको संघर्षको कार्यक्रम समेत घोषणा गरेको छ । जसअनुसार असार १८ गते ध्यानाकर्षण पत्र बुझाउने, २० गते अन्र्तक्रिया गर्ने, २१ गते शुल्क वृद्धिको विरोधमा अभिभावक सहितको विरोध प्रर्दशन र कोण सभा गर्ने र २३ गते शुल्क असुल गर्ने विद्यालयमा कालो व्यानर प्रकाशन तथा तालाबन्दी गर्ने उल्लेख छ ।
यति गर्दा पनि शुल्क फिर्ता नभए थप आन्दोलन गर्ने क्रान्तिकारीले चेतावनी दिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *