लक्ष्मीबजारमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना नरहेको पुष्टि

Share on Your Social Media
  • 158
  •  
  •  
  •  
  •  
  •  
    158
    Shares

खोजखबर
गोरखा, असार १७ गते ।
लक्ष्मीबजार शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत श्रीमान्मा कोराना पुष्टि भएसँगै आकस्मिक रुपमा गरिएको परीक्षणमा उनको रिर्पोट नगेटिभ आएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले जानकारी दिए । ‘उहाँको श्रीमान् संक्रमित हुनुभएपछि हामीले शहरी स्वास्थ्य क्लिनिक नै बन्द गराएर तत्काल पिसिआर परीक्षणका लागि पठाएका थियौं,’ उनले भने, ‘परिस्थितीको गाम्भिरतालाई हेरेर प्रयोगशालाले एकै दिनमा नतिजा पठायो, सुखद नतिजा आएको छ । हामी सबै खुसि भएका छौं ।’
बारपाक सुलिकोटमा कार्यरत उनका श्रीमान् प्रायजसो जिल्ला सदरमुकाममा रहेको कोठाबाट आउजाउ गर्ने गर्थे । श्रीमतीलाई पनि संक्रमणको आशंका गर्दै गोरखा नगरपालिकाले एक सुचना गरी उक्त क्लिनिकसँगै लक्ष्मीबजार क्षेत्रलाई बन्द गराएको थियो ।रिर्पोट नगेटिभ आएसँगै सो क्षेत्रमा गरिएको कडाई हट्ने गोरखा नगरपालिकाले जनाएको छ ।
उता बारपाक सुलिकोट गाउँपालिकामा भने बुधबार कन्ट्रयाक टे«सिङ गरिएको छ । बारपाक सुलिकोट गाउँपालिका, स्वास्थ्य कार्यालय , प्रदेश स्वास्थ्य निदेशनालय र विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुको टोलीले अध्यक्ष विष्णुप्रसाद भट्ट, उपाध्यक्ष सनमायाँ गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी लगायत जनप्रतिनिधि कर्मचारी गरी ९९ जनाको स्वाब संकलन गरिएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *