टिपरको ठक्करबाट घाईते भएका एक सैनिकको उपचारको क्रममा मृत्यू

Share on Your Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  

खोजखबर
गोरखा, असार १८ गते ।
बुधबार गोरखामा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक नेपाली सैनिकको मृत्यु भएको छ ।
गोरखा–खैरेनी सडक खण्डको १५ किलो भन्ने ठाउँमा टिपर ठक्कर दिदाँ घाइते भएका नेपाली सेनाका जवान प्रेम परियारको ज्यान गएको छ । गोरखको पालुङटार निवासी परियार नेपाली सेनाको रणसिहं दल गण गोरखामा कार्र्यरत थिए । उनको उपचार क्रममा बिहीबार पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाईते भएका रञ्जित रानाको अबस्था पनि चिन्ताजनक रहेको नेपाली सेनाले जनाएको छ ।
बा १ झ ५८०० नम्बरको सेनाको निसान जिपलाई बिपरित दिशाबाट आउँदै गरेको लु १ त ३८४६ नम्बरको टिपर ठक्कर दिएको थियो । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा छन् ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *