नेपाली काँग्रेस गोरखा–अमेरिका सम्पर्क समितिद्धारा ३ लाख ६० हजार सहयोग

Share on Your Social Media
  • 473
  •  
  •  
  •  
  •  
  •  
    473
    Shares

खोजखबर
गोरखा, असार १८ गते ।
अमेरिकामा बस्ने गोरर्खालीहरुले नेपाली काँग्रेस गोरखाको भवन निर्माणको लागि आर्थिक सहयोग गरेका छन् । नेपाली काँग्रेसको पार्टी कार्यालय भवन निर्माणको क्रममो खर्च भएका मध्ये भुक्तानी गर्न बाँकी रहेको रकम तिर्ने उदेश्यले ३ हजारअमेरिकी डलर सहयोग उपलब्ध गराएको हो ।
नेपाली कांग्रेस गोरखा–अमेरिका सम्पर्क समितिले नेपाली रकम रु ३ लाख ६० हजार ५४० रुपैयाँ सहयोग गरेको नेपाली काँग्रेस गोरखाका सचिव नन्दप्रसाद न्यौपानेले जानकारी दिए ।
‘समितका अध्यक्ष विश्व भट्टको नेतृत्वमा अमेरिकामा बस्ने गोरर्खाली साथीहरुले जुन सहयोग गर्नु भएको छ । म सबैलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्दछु,’ न्यौपानेले भने, ‘यसले पार्टी कार्यालय निर्माणको क्रममा बाँकी रकम भूक्तानी गर्न ठूलो मद्दत पुगेको छ ।’

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *